निर्वाचन सार्ने कुनै मनसाय छैन : अध्यक्ष प्रचण्ड
०५ वैशाख, काठमाडौं।
नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहल ‘प्रचण्ड’ ले गठबन्धनभित्र निर्वाचन सार्ने कुनै मनसाय नरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्डले गठबन्धनभित्र निर्वाचन सार्नेबारे कुनै तर्कवितर्क नभएको स्पष्ट पारे ।
‘निर्वाचन सर्दैन । निर्वाचन सार्ने कुनै मनसाय छैन । गठबन्धन निर्वाचनमा होमिइसकेको छ । वैशाख ३० गते नै निर्वाचन हुन्छ । निर्वाचन सर्ने सम्भावना कहिँ कतै छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय