जेठभित्र स्थानीय तहको निर्वाचन गर्न गठबन्धन सहमत।
१५ माघ २०७८,काठमाडौँ।
सत्तारुढ दलहरूबिच आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको बैठकमा उक्त सहमति जुटेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
मिति तोक्नका लागि सरकारलाई निर्वाचन आयोगसँग छलफल गरी तय गर्न सुझाव दिएको पनि उनले बताए । जेठ महिनाभित्र मै स्थानीय तहको निर्वाचन सम्पन्न हुने उनले प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय