काठमाडौंको बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजित एक कार्यक्रमबीच जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय समिति घोषणा गरेका हो। सन्तोषराज सहनीलाई केन्द्रिय संयोजकको जिम्मेवारी दिइएको छ। त्यसैगरी सह-संयोजकमा सेलिना कुँवर,सचिन पटेल,अरुण कान्त यादव , सचिमा बन्दे प्रसाद साह ,सह-सचिवमा नितु पटेल, बिमल साह, राम नरेश सहनी रहेका छन,भने कोषाध्यक्षमा तनुजा चौरसिया रहेकी छिन् । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। सो कार्यक्रम विभिन्न पार्टी परित्याग गरि सयौं जना नेताकार्यकर्ताहरु र कलाकारहरु जनमत पार्टीमा प्रवेश गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय