सिरहामा जनमत पार्टीको भोलि सोमबार फेरि आन्दोलनको घोषणा।
११ पुष २०७८, सिरहा ।
जनमत पार्टीले आज दिनभरि सिरहाको बिभिन्न ठाउँमा पर्दर्शन गर्नुको साथै मालवाहक ट्रकमा आगजनी गरेको थियो भने भोलि सोमबार पुस १२ गते पुनः सिराहा जिल्ला बन्दको घोषणा गरेको छ ।मल, खाद्य र बिउको समस्या झेलिरहेका गरिब किसानको समस्या पुर्णतः समाधान नभएसम्म र गिरफ्तार भएका किसान तथा कार्यकर्ताहरु बिना शर्त रिहा नभएसम्म आन्दोलन जारी रहने जनमत पार्टीका स्रोतले बताए ।
मल र बीउ सिराहाको मात्र समस्या नभई राष्ट्रिय समस्या भएको हुनाले त्यसको समाधानको जिम्मा सरकारले लिनुपर्ने र त्यसलाई तत्कालै सम्बोधन गर्नुपर्ने आन्दोलनकारीहरुको माग रहेको छ । देशमा व्याप्त कमिशनखोरी, दलाली र चाकरीबाजी अन्त नहुन्जेलसम्म जनमत पार्टीले आन्दोलनको विभिन्न स्वरुप बनाई संघर्ष गरिरहने चेतावनी दिएको छ ।