जनकपुरधाम: महाविधेशन स्थलमै नीधि र देउवा समुह बिच कुटाकुट।

७ पुष २०७८, जनकपुरधाम

नेपाली काँग्रेसको प्रथम प्रदेश अधिवेशनको क्रममा प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित बुधबार अपरान्ह कुटाकुट भएको हो ।
कांग्रेसको प्रदेश कार्य समितिको पहिलो अधिवेशनका क्रममा बिमलेन्द्र नीध र शेरबहादुर देउवा पक्षबीच कुटाकुट भएको हो।
निर्वाचनस्थल गोपाल धर्मशालामा अपरान्ह करिब ५ बजेको समयमा दुई पक्षधरहरुबीच कुटाकुट भएको हो ।

प्रदेश २ मा नेताहरु दुईवटा प्यानल बनाएर मैदानमा उत्रिएका छन्। सभापति देउवा पक्षधरले रामकृष्ण यादवलाई अघि सारेका छन् भने नीधिले रामसरोज यादवलाई अगाडी सारेका छन् ।

रामसरोज यादवले निधि तथा डा. शेखर कोइरालाको साथ पाएका थिए । यस्तोमा दुवै पक्षका कार्यकर्ताबीच अधिवेशनस्थलमै मुक्का हानाहान भएको हो ।

अधिवेशन जारी रहँदा निधि पक्षले बुधबार रातिसम्म मतदान सक्नुपर्ने अडान लिएको छ उता, देउवा पक्षले भने रातिको समयमा मतदान नगराउन अडान लिएको छ।

यही विवादले उग्र रुप लिएपछि प्रदेश अधिवेशनमा सहभागी दुवै पक्षका प्रतिनिधिबीच कुटाकुट भएको छ।

रामसरोज प्रदेश २ कांग्रेसका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुन् भने कृष्ण यादव भने पार्टीको रौतहट जिल्ला सभापति।

दुई पक्षबीचको कुटाकुटका क्रममा अहिले अधिवेशनस्थल तनावग्रस्त भएको छ। प्रदेश २ को अधिवेशन आफ्नो पक्षमा पार्न देउवाले बालकृष्ण खाँणलाई पठाएका छन्। उता, शेखर पक्षबाट गगन थापासहितका नेता पनि त्यहाँ पुगेका छन् ।

दुई पक्षबीच बन्द पर्खालबीच कुटाकुट हुँदा मोटो सँख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सशस्त्र प्रहरी र जनपद प्रहरी मोटो सँख्यामा परिचालन गरी तत्कालै स्थिति नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय