सिरहाको मखनाहा बासीलाई स्वस्थ्य जीवन बिताउन सरसफाई उन्मुख टोल घोषणा।

७ पुष २०७८, प्रदिप सिंह सिरहा।

सिरहा नगरपालिकाको ३ स्थित मखनाहा महरा टोल सफा र स्वच्छ टोल घोषणा भएको छ।३० घर धुरी रहेको यस महरा टोल पूर्ण सरसफाई अभियान अन्तर्गत सफा र स्वच्छ टोल घोषणा भएको हो।

 

सिरहा नगरपालिका र सबल नेपालको सहकार्यमा टोल ब्यवस्थापन समिति मखनाहा महरा टोलले घोषणा कार्यक्रमको आयोजना गरी उक्त टोललाई सफा र स्वच्छ टोल घोषणा गरिएको टोल ब्यवस्थापन समितिका अध्यक्ष अमिरीका देवी महराले जानकारी दिईन ।

 

अध्यक्ष महराका अनुसार मानव जीवनको आवश्यकता मध्येका महत्वपूर्ण विषय सरसफाई रहेको बताइएको छ। मान्छे स्वस्थ्य जीवन बिताउन ब्यक्तिगत सरसफाई देखी वातावरणीय सरसफाईमा ध्यान दिनु आवश्यक रहेको र खास गरी दलित समुदायहरु बढ़ी जसो सरुवा तथा महामारी जस्ता रोगको चपेटामा दलित समुदायहरु बढ़ी जसो पर्ने गर्छन् । त्यस्ता महामारीबाट जोगिन महरा टोललाई सफा र स्वच्छ टोल घोषणा गर्न सफल भएको बताईन।

 

खुल्ला रुपमा दिसा पिसाब गरेमा नगरपालिका द्वारा कड़ा कारवाहीबाहिर खुल्ला ठाउँमा दिसा पिसाब गर्नेलाई पाँच सय रुपैयाँ जरिवना सहित कड़ा कारवाही हुने कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा सिरहा नगरपालिकाका स्रोत ब्यक्ति (फोकल पर्सन) सुरेश चोरवारले सो कुरा बताए । खुल्ला दिसामुक्त (ओडीएफ) नगरपालिका घोषणा भैसकेको पूर्ण सरसफाई पालिका घोषणा गर्न उन्मुख रहेको यस पालिकामा खुल्ला रुपमा दिसा पिसाब गर्नेलाई कारवाही हुने बताए।

 

सरसफाई अभियानमा सहयोग गर्ने सरसफाई अभियन्तालाई कदर पत्र सहित सम्मान गरेको सवल नेपालका वाश (सरसफाई)अधिकृत रामनाथ साहले जाकारी दिए ।कार्यक्रममा सिरहा नगरपालिका ३ मखनाहाका वडा अध्यक्ष रामबहादुर मण्डल , सिरहा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मोहम्मद इदरिश राईन , सवल नेपालका कार्यक्रम संयोजक भीमलाल साही लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय