नरेन्द्र महताे- गाैशाला -महाेत्तरी- पुस ३

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–९ पशुपतिनगर स्थित रहेको पशुपति जनउपभोक्ता सहकारी संस्था लिमिटेडले युरिया मलबिक्री बितरणमा मनपरी मुल्य लिने गरेको खुल्लासा भएकाे छ

 

किसानहरुका लागि नगरपालिकाले युरिया मल ५० किलो बराबर रहेको प्रति बोरा ९ सय ५२ रुपैयामा बिक्री बितरण गर्न अनुमति दिए पनि उक्त सहकारीले किसान सँग प्रतिबोरा ११ देखि १२ सय रुपैया असुल्दै आएको पाइएको हो ।

 

उक्त सहकारीले आफूसँग युरिया मलको प्रतिबोरा १२ सय रुपैयालिएको स्थानीय अरुण कुमार महतोले गुनासो गरेका छन । उनले यहाँ सहकारीको नाममा कृषकलाई लुटने काम भइरहेको आरोप लगाए ।

 

नगरपालिकामा गुनासो गर्ने सबै ठाँउ मेरै हो । ताकत छ भने नगरपालिकामा गुनासो गरेर देखाउ संचालक महताेले उल्टै तिमीलाई देखाई दिन्छु धम्कि पनि दिए।

 

आफूले विरोध गर्दा सहकारीका सञ्चालले आफूलाई गालीगलोज गर्दै दुव्र्यवहार गरेको उनको आरोप छ । ‘ग्राहकसँग यसरी व्यवहार गर्नुहुन्छ भनेर प्रश्नगर्दा उसले उल्टै धम्कीदियो उनले भने ।’ १२ सयको दरले युरिया मल दिएपछि बिलमाँग्दा आफूलाई गालीगलोज गर्दै हुलहुज्जत गरेको किसानहरुले दावी गरे ।

 

मनपरी मुल्यमा युरिया मल बेच्ने रामजतन विरुद्ध बोल्न विरुद्ध बोल्न पनि डर छ किन भने उहाँ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बर्दिबास नगरपालिका – ९, पशुपतिनगरका वडा कमिटी अध्यक्ष समेत रहेकाले नगरपालिकाले साथ दिएको बताउछन् ।

 

नगरपालिकानै सहकारी संस्थाको संचालकसंग मिलेमताे गरेका कारण कृषकहरु मंहगो मुल्य तिरेर मल किन्नु परेको स्थानीयहरुले गुनासो गरे।

 

उताण पत्रकारसंगको कुराकानीमा श्री पशुपति जनउपभोक्ता सहकारी संस्था लिमिटेडका संचालक रामजतन महतोले भने,‘पहिलाको बाँकी रहेको रकम माँग्दा उनीहरुले गलत आरोप लगाए छ ।’

 

सरकारले तोकेको युरिया मलको मुल्य ७ सय ९९ रुपैया र डीएपी मलको मुल्य २२ सय ४६ रुपैया छ । दुवानी खर्च गरेर बर्दिबास क्षेत्रका लागि युरिया मलको मुल्य ९ सय ५२ रुपैया र डिएपी मलको २४ सय पर्न जान्छ । चर्को मुल्यमा बिक्री बितरण गर्ने संस्था प्रति छानवीन गरेर कारवाही प्रकृया अगाडी बढाउने कृषि सामग्री कम्पनी लिमिटेड ढल्केवर धनुषाका क्रमचारी ब्रज चन्दरले जानकारी दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय