पुनः मतगणनाको निवेदन लिएर गच्छदार सानेपातिर

 

१ पुष २०७८, काठमाडौं।

नेपाली काँग्रेस १४ औं महाधिवेशनमा उपसभापति पदको मत परिणामप्रति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजय गच्छदारले असहमति जनाएका छन् । गच्छदार पुनः मतगणना हुनुपर्ने मागसहितको निवेदन लिएर काँग्रेस केन्द्रीय कार्यालयमा आउने भएपछि अहिले मत परिणाम घोषणाको कार्यक्रम रोकिएको छ ।
यसअघि निर्वाचन समितिले देउवा पक्षका पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षका धनराज गुरुङले उपसभापति पदमा विजयी हासिल गरेको कुरा अनौपचारिक रुपमा जानकारी दिएपनि औपचारिक रुपमा घोषणा गरिसकेको छैन ।
शेखर कोइराला प्यानलका धनराज गुरुङ १९०८ मत ल्याएर विजयी भएका छन् । गच्छदारले भने १९०६ मत प्राप्त गरेका छन् । २ मत अन्तरले पराजित भएका गच्छदारले पुनः मतगणनाको माग गरेका हुन् ।
यसअघि धनराजले पनि सय मत पुनः गणना गराएका थिए । बुधबार उपसभापति पदको मतगणना काँग्रेस केन्द्रीय कार्यालयमा सानेपामा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय