
किसानहरू कृषि शाखामा, कृषि शाखाको प्रमुख सोईना बिजभन्डारमा विउ बेच बिखन गर्दै।
सप्तरी नविन यादव
मंसिर – २७ सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाँउपालिकाको वडा अध्यक्ष र कृषि शाखाको प्रमुख उदेकान्त झाको मिलोमतोमा गहु विउमा ब्यापक चलखेल गरेको भन्दे कृषि शाखा कार्यालयमा किसानहरूले विहिबार देखी ने तालाबन्दी गरिएको छ्न।
HTP Khabar खबरको पत्रकार नबिन यादव आइतबार तालाबन्दी बिषयमा सहि सत्य तथ्य बुझनको लागि जादा खेरि किसानहरू आक्रोशित भएर, कृषि शाखाको प्रमुख उदेकान्त झा रजिनामा देउ, गहुँको विउ कृषि कार्यालय बाट बाहिर बेच्न पाउदैन, भन्दे गुनासो पोख्नु भएको छ ।
उता कृषि शाखामा आएको गोहुँको विउलाई तिलाठी कोईलाडी गाँउपालिकाको वडा अध्यक्ष र कृषि शखा प्रमुख उदेकान्त झाले कमिसनको चलखेल गरेर, राजबिराजको सोनाई बिजभन्डार सप्लाएरस मा खुले आम बितरी बितरण गर्दे आएको देखा परेको छन।
कृषि शाखा प्रमुख उदेकान्त झाको अनुसार सबै वडाको अध्यक्ष र किसानहरूको सल्लाअनुसार सबैलाई सहज होस भनेर, सोनाई बिजभन्डार राजविराजमा गहुँको विउ बितरण गर्न लागेको बताउनु भएको छ । हामीहरू कुनै कमिसनको चलखेल नगरेको यो सबै हवाको कुराहो समेत दाबि गर्नु भएको छ।
उता फुलेशवर मंडल, सहदेब मंडल, तपेशवर राय, नन्दकिशोर मंडल, अरबिन्द मंडल, रामकुमार राम, लगाएयत आक्रोशित किसानहरूको भनाई अनुसार वडा अध्यक्षहरूले आफ्नो नतेदार, रिसतेदार र भोटर बौंकहरूको लागि मात्र जनकारी गराएर , गहुँ विउ बितरण गरिएको योजना बनाएका छन, ।
हामीहरूसंग न त वडा अध्यक्ष, न त कृषि शाखाको प्रमुख उदेकान्त झाले कुनै सम्झौता गरिएको छैन् । यो सब कमिसनको चलखेल वडा अध्यक्ष देखी, कृषि प्रमुख उदेकान्त झा समको रहेको बताउनु भएको छ।