सिरहामा सरकारी गाडीको दुरुपयोग , सरोकारवाला र प्रहरी प्रसान मौन
२३ मंसिर २०७८, सिरहा प्रदीप सिंह
सिरहामा सरकारी गाडीको दुरुपयोग बढेपनि सरोकारवाला निकाय उदासिन देखिएको छ । सरकारी सम्पति भनेपछि यो सरकारको हो जे गरेपनि हुन्छ , नियमन गर्ने निकाय नै सरकारी सम्पति गाडीको व्यापक दरुपयोग गरेको साझै देखिन्छ । सरकारी गाडी अफिस जान आउनको लागी दिईएको हो तर याँहा उपाअध्यक्ष जन प्रतिनिधिहरु सरकारी गाडीको मनोमानी रुपमा प्रयोग गर्दै आएको सहजै देखन सकिन्छ । सिरहाको सखुवान्नकारकट्टी गाउँ पालिका का उपाध्यक्ष अमला देबी यादव एमाले बाट निर्वाचित भएका उमेदवार हुन। वहाले चढ्ने सरकारी गाडी बिवाह पन्चमिको दिन धार्मिक शान्क्रितिक कार्यक्रममा हेर्न लगेको सहजै देख्न सकिन्छ । श्रोतका अनुसार सरकारी गाडीमा उपाध्यक्ष अमला देबी हैन चडेको उसको आफन्त चढेको बताए । यो एउटा मात्र हैन सिरहाको सरकारी कार्यालय तथा स्थानियतहहरुका सरकारी गाडी व्यापक रुपमा दुरुपयोग भएको देखिन्छ । विदाको दिन सरकारी गाडी चलाउदाँ जिल्ला प्रसासन कार्यालयबाट पास लिनुपर्ने प्रावाधान रहेको छ । त्यो प्राबधानलाई खिल्ली उडाउदै जनप्रतिनिधिहरु व्यापक दुरुपयोग गरिरहेको छ । श्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयबाट चालु आर्थिक वर्षमा थोरै मात्रमा त्यो पनि पास लिएको हुन सक्छ । यता सरकारी गाडी विदाको दिन चलाएमा जरीवाना, गर्ने पक्राउ गर्ने कानूनी प्रबाधान रहेको छ । तर जन प्रतिनिधि भए के कस्ले के गर्न सक्छ साताको पदय वलबुतामा यसरी सरकारी गाडी दुरुपयोग गरिरहेको स्थानियहरु बताउछन् ।