
नेपालमा पनि फेला परियो नयाँ भेरियन्ट ओमिक्रोनको संक्रिमित
२० मंसिर,२०७८
नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट पहिलो पटक ओमिक्रोन देखिएको पुष्टि भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दक्षिण अफ्रिकाबाट आएका दुई जनामा सो भेरियन्टको सङ्क्रमण पुष्टि भएको बताउनु भएको छ । भेरियन्टको सङ्क्रमण पुष्टि भएको ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका एक जना ७१ वर्षीय व्यक्ति समेत रहेको छन । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ । उता दुवैजनाले कोरोनाविरुद्धको खोप लगाएका थिए । त्ये पनि ओमिक्रोन भेरियन्ट सङ्क्रमण उनीहरूमा देखा परेको छन् । ६६ वर्षीय विदेशी नागरिक मङ्सिर ३ गते नेपाल प्रवेश गर्दा पिसिआर परीक्षण गराउदा रिपोर्ट नेगेटिभ आएको थियो । तर, उनीसँगै सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिले मङ्सिर ७ गते कोरोना सङ्क्रमणको लक्षण आएपछि उनि परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको थियो। यस्तै उनीहरूको सम्पर्कमा आएका ६६ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा सबैको नतिजा नेगेटिभ रहेको स्वास्थ्य मन्त्रालयले बताउनु भएको छ।