लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियानको ११दिनमा दहेज मुक्त मिथिला नेपालद्वारा माक्स वितरण
नबिन यादव मंसिर- १९, सप्तरी
लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियानमा आज ११ औँ दिनमा कोरोना भाइरसको तेस्रो भेरिएन्टलाई मध्य नजर गर्दै दहेज मुक्त मिथिला नेपालको अध्यक्ष करूणा झाको संयोजकत्व आज आइतबार छिन्नमस्ता अस्पतालको प्रांगनमा माक्स वितरण गरिएको छ।
छिन्नमस्ता अस्पताल, राजविराजको प्राङ्गनमा आयोजन गरिएको कार्यक्रममा WHDR र एकल महिला प्रदेशको अध्यक्ष अनिता देवकोटा, जिल्ला प्रहरी कार्यालय सप्तरीका सुरेश पाल, दहेज मुक्त मिथिलाका शक्रिय अभियानी प्रतिमा देव, संगीता मंडल र WHDR संस्थाका सदस्य मंजु साह, सामुदायिक सेवा केन्द्रको अध्यक्ष – हित नारायण दास लगायतका उपस्थितमा सो कार्यक्रम सु-सम्पन्न भएको थियो।