बारामा एक महिला कर्मचारीमाथि बलात्कारकाे प्रयास।

अमरेस कुमार पाण्डेय । मंसिर १४ गते । बारा ।
२२ वर्षीया एक महिला कर्मचारीमाथि पालिकाकै कर्मचारीले बलात्कार प्रयास गरेको भन्दै उजुरी परेको छ । पचरौता नगरपालिकाको बेनौली गाउँस्थित रहेको सुनसान पालिका कार्यालयभित्रै गत बिहीबार यस्तो प्रयास भएको बताइएको छ । पीडित महिलाका आफन्तका अनुसार कार्यालयका कार्यालय सहयोगी ३२ वर्षीय संजय पासवानले बलात्कार प्रयास गरेका हुन् । महिला हिंसाविरुद्धको १५ दिने अभियान सुरु भएकै दिन सरकारी कार्यालयबाट यस्तो घटना भएको हो ।पासवान विरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडितले किटानी जाहेरी दिएकी छन् । पालिका कार्यालय नजिकै कोठा लिएर बस्दैआएकी ती महिला ‘डकुमेन्ट’ लिन पालिकामा आफैँ बस्ने कोठामा जाँदा यस्तो घटना भएको बताएकी छन् । साथै घटनालाई सामसुम गर्न जनप्रतिनिधिहरूले विचौलियाको रुपमा आर्थिक लेनदेन गरी विवाद मिलाउन दबाब दिएको पीडित पक्षले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिपेन्द्रबहादुर शाहीले बताए । ‘महिलाको सुरक्षाप्रति संवेदनशील छौं,’ उनले भने, ‘घटना अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय