नक्कली भुटानी शरणार्थी प्रकरणमा आज आउँदैछ । प्रतिवादीहरुको प्रतिरक्षा बहस बिहीबार सकिएको थियो । बिहीबार भुटानी शरणार्थी नेता टेकनाथ रिजाल तथा ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जनको पक्षमा वकिलहरुले बहस गरेका थिए । उनीहरु तीनजनाको पक्षमा प्रतिरक्षा बहस सकिएसँगै अब शुक्रबार बिहानदेखि २ बजेसम्म सरकारी वकिलहरुले जवाफी बहस गर्ने भएका छन् ।

उक्त जवाफी बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालसले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर रिहा गर्ने र साधारण तारेखमा छाड्ने गरी आदेश दिनेछन् ।

यो प्रकरणमा हालसम्म १८ जना अभियुक्तहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले यो प्रकरणमा दुई जना भीआईपी नेताहरुसहित ३० जनाविरुद्ध विभिन्न शीर्षकमा मुद्दा अघि बढाएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले ठगी, किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधहितका मुद्दा जिल्ला अदालतमा दर्ता गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय