भन्सार छली गरी नेपाल भित्रीएका अबैध दुईवटा भारतीय ट्रकहरु करिब एक बर्ष देखि सिरहामा।
१३ मंसिर २०७८, सिरहा प्रदिप सिंह
प्रहरी प्रशासन र केही नेताहरुको मिलोमतोमा उक्त ट्रक भन्सार छलेर नेपाल भित्रिएको रहस्य खुलेको छ ।
सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर – ९ स्थित मुसहर्निया टोलमा थन्किएर राखिएको RJ19 E1428 र RJ06 EAO889 नम्बर (बोर्डिङ्ग गाड्ने ) दुई वटा ट्रक अहिले बेवारिस अवस्थामा छन् ।
नगरपालिकाका उपमेयर फुल कुमारी श्रेष्ठको घर छेउ नजिकै स्थानीय राजकुमार मोक्तानको खाली जग्गामा उक्त ट्रक थन्किएको छ ।
नाम नखोल्ने शर्तमा एक जना स्थानीयले भने ट्रकहरुलाई संरक्षण गर्नमा ठूलो पहुँचवालाको संल्गनता रहेको छ , ‘ सत्य तथ्य छानवीनका लागि प्रहरी प्रशासनलाई अनुरोध गर्न चाहन्छु ।,
एक दिनको एउटा ट्रकको भन्सार शुल्क करिब ३ हजार पर्छ , दुई वटा ट्रक रहेकोले दैनिक भन्सार शुल्क ६ हजार पर्ने भएको हुँदा मिलोमतोको आशन्का देखिएको स्थानीयले बताए ।