कानुन अनुसार अतिक्रमण गरेकाे घर,टहरा हटाउने।
नरेन्द्र महताे – गाैशाला – महाेत्तरी – कार्तिक ६
विकासकाे दृष्टि काेणले प्रदेश २ मा रहेकाे महाेत्तरी जिल्ला अन्तर्गत साेनमा गाउँपालिका वडा न ८ शिवनगर सव भन्दा पछाडि रहेका छन।
। स्थानिय प्रतिनिधिकाे ५ वर्ष वितन अाँटे पनि वडामा रहेका हिल्लाेहरु अाज सम्म रहि अाएकाे र बाटाे घाटाे पनि पुर्ण रुपले बन्न नसकेकाे स्थानियहरुले बताएका छन ।
केही व्यक्तिले सडक अतिक्रमण गरेेर घर,टहरा बनाएका कारण सडक बनाउन पटक पटक अवराेध गरेकाे राम एकवाल साहले बताए। अतिक्रमण गरेकाे सडक नक्सा अनुसार छुट्टयाएर बनाउनु पर्छ माँग गरेका थिए।
तर त्यहि स्थानियहरुकाे माँग बमाेजिम अमिन द्वारा नक्सा अनुसार छुट्टयाईकाे सडकमा ५ जनाले अतिक्रमण गरेर बनाएकाे घर फेला परेका छन।
गाउँपालिका बाट अतिक्रमण गरेका घर,टहरा हटाउनकाे लागि पटक पटक अल्टिमेटम दिए पनि उहाँहरुले कुनै वास्ता नगरेकाे वडा अध्यक्ष राज देव यादवले जनाएका छन। आज गा.पा. अध्यक्ष राज कुमार यादवकाे टाेलिले पु:नह माैखिक जानकारी गराएका छन ।
यदि अब अटेर गरेमा कानुन अनुसार अतिक्रमण घर ,टहरा हटाउने पालिकाले जनाएका छन ।
विकास गर्न साेच हुनु पर्छ तर अध्यक्ष राज कुमार यादव र वडा अध्यक्ष राजदेव यादवलाई दुर्दर्शी साेच नभएकाे कारण ५ वर्ष देखि जनताहरु दु ख र कष्ट भाेगन बाध्य भएका राम एकवाल साहले बताए ।