साेनमा गाउँपालिकामा गुणस्तरहिन भवन, सडक ,धर्मसाला बनाएकाे कारण ६ महीना पनि टिक्न सकेनन्

नरेन्द्र महताे- गाैशाला – महाेत्तरी- कार्तिक २

महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका अन्तर्गत वडा न ४ खेश्राहामा बनाएकाे सडक, विधालयकाे भवन र धर्मसालामा गुणस्तिरय काम नगरेर अनियमिता गरेकाे कारण स्थानियहरुले अख्तियार दुरुपयाेग आयाेग वर्दिवासमा निवदेन दिएका छन।

उपभाेक्ता समिति मार्फत विधालयकाे एक काेठे भवनकाे लागि ११ लाख रकम निकासा गरिएकाे थियाे तर काेठा पल्सतर,झ्याल, ढाेका तथा ढलान केहि नगरिएर बजेट खर्च भएकाेमा श्री जनता अधारभुत विधालयका प्र अ लक्ष्मण यादवले असन्तुष्टि व्यक्त गरेका छन । अाफु प्र अ भए पनि वडा अध्यक्षले केही जानकारी नगराएकाे उनले बताए।

भवन वन्दै गर्दा कतिकाे वजेट छ भनेर साेधदा पनि केही जानकारी गराईन तर भवन बनाउन ५ लाख जति खर्च भएकाे अनुमान स्थानिय सुरेश यादवले गरेका छन।

यसै गरि १५ लाखकाे धर्मसालामा ८ लाख जति खर्च गरेर त्याे पनि अलपत्र छाेडिएकाे एक स्थानिय राम पृत यादव र गणेश यादवले बताएका छन ।
यसै गरि वडाका विकासका लागि गाउँपालिका बाट ५ वर्षमा ३ कराेड २० लाख , प्रदेश सरकार बाट साढे तीन वर्षमा २ कराेड र संघिय सरकार बाट १ कराेड गरि जम्मा६ कराेड २० लाख बजेट अाएका छन । यस मध्ये बाट करिव दुई कराेड जति खर्च भएकाे हाेला तर भएकाे विकास पनि काम नलागने भएकाे छ ।सडक ढलान गरे पनि माप दण्ड विपरित तथा गुणस्तरीयहिन काम भएकाे कारण सडक झिर्ण बन्दै गएकाे छ जसकाे कारण बाध्य भएर स्थानियहरुले अख्तियार दुरुयाेग आयाेगमा निवेदन दिनु परेकाे सुरेश यादवले बताए ।

सात सय मिटर जति स्थानियहरु आफ्नै श्रमदान द्वारा गरिएकाे कामकाे ८ लाख वजेट वडा अध्यक्ष रामवलि यादवले गल्त प्रक्रिया बाट उपभाेक्ता समिति बनाएर समितिमा बाँड फाँट गरेकाे साेगारथ साहकाे अाराेप रहेका छन ।
६ कराेड २० लाख मध्ये २ कराेड जति खर्च भएकाे हुन सक्छ बाँकि पैसा वाट वडा अध्यक्ष यादव १२ कठ्ठा जगा १८ लाखमा खरीद गरेकाे र सचिव राम ज्ञान यादव जागिरमा अाउनु भन्दा पहिले १० कठ्ठा जग्गा थियाे तर अाज उसकाे निजि समंपति ४ विघा भन्दा वढि खरीद गरेका हुन त्यसैले सचिव यादव माथि पनि अख्तियार निवेदन परेकाे छ । २०७८असाेज १४ गते परेकाे निवेदन प्रति उहाँहरु अाज सम्म स्थलगत रिपोर्टिङ गर्न नअाएकाेमा यादवले असन्तुष्टि व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय