धर्म तथा आस्थाका केन्द्र संगम नदी भए पनि प्रदेश सरकारकाे ध्यान नगएकाे महन्थको गुनासाे।

२७ कार्तिक  नरेन्द्र महताे – गाैशाला – महाेत्तरी
महाेत्तरी जिल्लामा धार्मिक तथा पर्यटक स्थलहरुकाे कुनै कमि छैन तर संघियसरकार तथा प्रदेश सरकारकाले अन्देखि गरेकाे कारण पछाडि परेकाे महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका ५ खैरवनिमा रहेकाे उत्तरनाही संगम गेउरका धाम नजिक रहेकाे श्री रामजानकी मन्दिरका महन्थ नाराायण दास तपसीवालाले जानकारी दिएका छन ।

याे मन्दिर मंगलनाथ मन्दिर देखि १ किलाेमिटर दक्षिण भएर कन्तावा नदिमा अाएर संगम भएर उत्तर पट्टि माेडिएकाेले उत्तरनाहि तथा संगम नदि नामाकारण गरिएकाे हाे। याे संगम नदीमा विशेष गरि प्रत्येक ३ वर्षमा मलेमासमा लाखै लाख श्रद्वालु भक्जनजनहरुले स्नान गर्ने अाउने गर्दछन। नेपाल बाट धनुषा,सप्तरी,सिरहा, सर्लाहि ,राैतहट,सिन्धुल लगायत भारतकाे दरभंगा,सीतामढि, पटना,मुज्जफपुर लगायत कयाै स्थान बाट श्राद्वालुहरु अाउने गरेकाे महन्थ तपसीले जानकारी गराए ।
याे संगम नदीमा स्नान गरे पछि पुण्य प्राप्त हुने गर्छ। कसैले भाकल गरेका हुन्छ उहाँहरुकाे मन्त पूरा भए पछि नदीमा अाएर स्नान गरि नाच गान, नचाउने गर्ने गर्दछन । एक व्यक्तिलाई कुष्ट राेग लागे पछि १२ वर्ष सम्म याे संगम नदीमा स्नान गरे पछि राेग निकाे भएकाे कारण झन अात्म विश्वास वढेकाे कारण श्रद्वालुहरुकाे भिड हुने गरेकाे छ । याे नदीकाे पानी गंगाजल समान छन ,पानी सिसि अथवा कुनै राम्राे वर्तनमा राखे पछि वर्षाै वर्षसम्म जल खराव हुँदैन तसर्थ श्रद्वालुहरु पानिलाई गंगाजलकाे रुपमा लाने गरिन्छ जाे कहिल्यै फाेहर हुँदैन झन मान्यता र विश्वास रहेकाे महन्थ दासले स्पष्ट पारे ।

यति पवित्र स्थल भए पनि संघीय सरकार तथा प्रदेश २ सरकारकाे ध्याण नगएकाेमा महन्थ दासले गुनासाे गरेका छन । प्रदेश २ सरकारकाे नीति तथा कार्यक्राममा नै साैन्दर्यकरण र स्वाच्छता अभियान रहेकाे भए पनि किन अन्देखि गरेकाे प्रतिप्रशन गरेका छन? कागजमा लेखेर र मुखले बाेलेर मात्र हुँदैन व्यवहार पनि लागू गर्नु पर्छ र हुनु पर्छ हाम्राे माँग रहेकाे छन।
याे मन्दिरमा  आउटी आम्दानि केही नभए पनि यहाँका समाजले अार्थिक सहयाेग गरेका कारण पुजा पाट र हामी साधु सन्तकाे भाेजनमा कुनै कमि नभएकाे उनले बताए।
साेनमा गाउँपालिका र प्रदेश सभा सदस्य काैशल यादवकाे केही अार्थिक सहयाेगमा धर्मसाला र सडक बनेकाे भए पनि अहिले पनि धेरै अपुग भएकाे कारण थप सहयाेग गरि दिन हुन् प्रदेश २ काे सरकार सँग यहि मिडिया ( HTP) खवर मार्फत महन्थले माँग गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय