बारा क्षेत्र नं. २ को मतगणना सोमबार दिउँसो १२ः४० देखि सुरु भएको छ । क्षेत्र उत्तरी भेगमा रहेका करैयामाई गाउँपालिका र सुर्वण गाउँपालिका मतपेटिका खुलेको प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।

करैयामाई गाउँपालिका १ मा १९२९ र सुर्वण गाउँपालिका १ मा २ हजार ३४३ मत खसेको उहाँले बताउनु भयो ।

सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे पनि दिउँसोदेखि मतगणनाको कार्य सुरु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो । कुनै वादविवाद सिर्जना नहोस् भनी कोठाभित्र मोबाइल लैजान प्रतिबन्ध लगाइएको छ । उहाँले मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ भन्नुभयो ।

कुल मत १ लाख ५ हजार २४८ मध्ये ६८ हजार ८८७ मत खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय