लुम्बिनी विकास बैंकले नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्यलाई नियुक्त गरेको छ ।
नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमविएसम्मको उच्च शिक्षा हासिल गरि विभिन्न समयमा विभिन्न वाणिज्य बैंकहरुका विभिन्न विभागमा उच्च व्यवस्थापनमा संलग्न रहि नेतृत्वदायी भुमिका निर्वाह गर्दै २२ वर्षभन्दा बढिको कार्य अनुभव हासिल गरेका छन् ।
उनले आफ्नो बैंकिङ करियर सन् २००० मा साबिक नेपाल क्रडिट एण्ड कर्मस बैंकबाट व्यवस्थापन प्रशिक्षार्थीका रुपमा सुरु गरी सिभिल क्यापिटल मार्केट लिमिटेडको अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको भूमिका पनि निर्वाह गरिसकेका छन् । आचार्यले विभिन्न बैंक तथा वित्तीय संस्थामा उच्च व्यस्थापनमा रहि सफल कार्य गर्नुका साथै साबिकको सिभिल बैंकमा सहायक महाप्रबन्धकका रुपमा प्रमुख कर्जा अधिकृतको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।
