सरकारले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाको स्वामित्व लिएर निर्माण गर्ने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले भरतपुर महानगरलाई १२ करोड रुपैयाँ दिएर रङ्गशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफारक गर्ने निर्णय गरेको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको रङ्गशालामा निर्माण सामग्री लगायतको १७ करोड बढी रकम भुक्तानी गर्न बाँकी छ ।

रङ्गशाला निर्माण कार्य पूरा नहुँदै फाउन्डेसनले हात झिकेपछि सरकार आफैँले बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय