सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु

२३ कात्तिक २०७८, सप्तरी नबिन कुमार यादव

सप्तरीको खडक नगरपालिकामा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ ।

सोही नगरपालिका एघार हजार भोल्ट प्रवाह भएको बिजुलीको तारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिकाको वाड नम्बर ३ बनरझुला बस्ने मो. ईनुसका श्रीमती ३८ वर्षीया जैफुल खातुनको ११ हजार भोल्ट प्रवाह भएर मृत्यु भएकी छिन्।

बनरझुला बस्ने मो. ईनुसका श्रीमती ३८ वर्षीया जैफुल खातुन आइतबार बिहान करिब १२ बजेको समयमा हरियो बाँस घरको छतमा राख्ने क्रममा बिजुलीको तारमा छोइदा करेन्ट लागेर खातुन गम्भीर घाइते बनेकि खातुनलाई
थप उपचारको लागि लग्दै गर्दा बाटोमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले बताउनु भएको छ ।

मृतकको शवको पोस्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय