राष्ट्रपतिको निर्वाचन अगावै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचन अगाडि नै विश्वासको मत लिने तयारी गरेका छन् । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन अगाडि नै विश्वासको मत लिने तयारी गरेका हुन् । उनले संविधानको धारा १०० को उपधारा दुईबमोजिम विश्वासको मत लिन लागेका हुन्। उपधारा (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था रहेको छ । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार निर्वाचनपछि विश्वासको मत लिँदा झमेला आइपर्ने भएकाले अगाडि नै लिने तयारी छ । ‘प्रधानमन्त्रीज्यूले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय