विश्वकप छनोटमा आज नेपाल र हङकङ खेल्दै।

काठमाडौं, १५ फागुन । युएइमा जारी आइसीसी यु-१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगितामा नेपालले आज हङकङसँग खेल्दैछ । नेपालले आफ्नो तेस्रो खेलमा हङकङको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजेबाट शुरु हुनेछ । नेपाल लगातार तेस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा शुक्रवार सिंगापुरलाई र दोस्रो खेलमा शनिवार कुवेतलाई पराजित गरेको थियो । हङकङ भने दोस्रो जितको खोजिमा छ । पहिलो खेलमा कुवेतलाई पराजित गरेको हङकङ दोस्रो खेलमा युएइसँग पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय