लागू औषध सहित महाेत्तरीमा दुई पक्राउ
२० कार्तिक २०७८, नरेन्द्र महताे – गाैशाला- महाेत्तरी
भारत बाट लागू औषध ल्याउँदा गर्दा चेक जाँचकाे क्रममा महाेत्तरी प्रहरीले दुई जनालाई गए राति पक्राउ गरेका छन ।
पक्राउ पर्नेमा सोनमा गाउँपालिका–३ का १८ वर्षीय अञ्जित यादव र २४ वर्षीय सिकिन्द्र यादवलाई रहेका छन ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गए राति १० बजे भारत बिहारको सीतामढी जिल्लाको कन्हमा बाट लागूऔषध बोकेर सम्सी गाउँपालिका–६ स्थित बजारमा आएका उनीहरूलाई प्रहरी टोलीले शंका लागि जाँच गर्दा लागूऔषधसहित पक्राउ गरिएको हो ।
ती युवकका साथबाट प्रहरीले नेपालमा प्रतिवन्धित एकिझप्लौन सिरप दुई बोतल, स्पास्मो प्रोक्स ट्याब्लेट १८ थान र नाइट्रोजन ट्याब्लेट नौ थान बरामद गर्नुका साथै दुई थान मोबाइल र उनीहरुले चढी आएको भारतीय नम्बर बीआर ३० यू ६९५४ नम्बरको मोटरसाइकल नियन्त्रण लिए अनुसन्धान भई रहेकाे प्रहरीले जनाइएको छ ।