कांग्रेसले बोलायो कार्य सम्पादन समिति बैठक, राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न।

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बोलाइएको बैठकमा राष्ट्रपति पदको उम्मेदवार चयनलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए । कांग्रेसमा राष्ट्रपति पदको उम्मेदवारका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाममा छलफल चलिरहेको छ । आसन्न राष्ट्रपति निर्वाचनका लागि २५ फागुनमा मतदान हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय