प्रधानमन्त्रीद्वारा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयकाे निरीक्षण।
धनगढी-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साेमबार कैलालीकाे गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरीक्षण गरेका छन्। प्रधानमन्त्री भएपछि पहिलो पटक सुदूरपश्चिम आएका उनले आज बिहान गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरीक्षण गरेका हुन्। निरीक्षणपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले यस विश्वविद्यालयलाई चाँडै सञ्चालन गरिने बताए। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो। अहिले प्रधानमन्त्री महेन्द्रनगर प्रस्थान गरेका छन्। महेन्द्रनगरपछि सुख्खा बन्दरगाह, महाकाली पुल, महाकाली करिडोरको निरीक्षण, अवलोकन र छलफल गरेर महेन्द्रनगर फिर्ता हुने जनाइएको छ।
प्रधानमन्त्री दाहाल आजै काठमाडौँ फर्किने तयारी रहेको छ।



