महाेत्तरीकाे हुलाकि राज मार्गमा खाल्डै खाल्डो तिन वर्ष विते पनि सडक अधुरै। 

नरेन्द्र महताे- महाेत्तरी- कार्तिक २०

सडक कालाे पत्र पूरा नहुँदै महाेत्तरी जिल्लाकाे हुलाकि मार्गमा पर्ने माईथान गाैशाला सम्सि सडक खण्ड तीन वर्ष देखि अलपत्र अवस्थामा रहेका छन ।

 

राजमार्ग देखि गाैशाला चाैक हुँदै सम्सी नाका सम्म सडक बनाउने ठेका लागेकाे भए पनि आज सम्म करिव १ किलाे मिटर सडक पुरा बन्न सकेकाे छैन र जहाँ सम्म सडक कालाे पत्र भएकाे थियाे त्याे विचमा पर्ने अाैरहि नगरपालिका स्थित वैरिया गाउँमा, गाैशाला र सम्सीमा वर्ष दिन देखि सडक दुई फिट गहिराई रहेकाेले वस,ट्रक,माेटरसाईकल तथा पैदल यात्रिहरुलाई अाउन जान निकै सास्ति वेहाेर्नु परेकाे छ ।

देशमा तीन तहकाे सरकार छ । यस जिल्ला तथा क्षेत्र बाट पटक पटक मंत्रि बने पनि ध्यान नदिएकाेमा चालकहरुले गुनासाे गरेका छन। यीनिहरु सत्ता र भत्ताकाे लागि मात्र राजनितिक गरेका छन यदि देश र जनताकाे लागि राजनितिक तथा मंत्रि भएकाे भए याे अधुराे सडक बनि सकिने थियाे तर वर्षाै वर्ष देखि अलपत्र अवस्थामा रहेकाे उनिहरुले बताएका छन ।

यहाँ जनताहरुले धेरै सपनाहरु देखेका थिए तर सवै सपना चकना चुर भएका छन ।देश कगांल छन जनता गरीविकाे रेखा मुनि भन्दा तल झरेका छन तर देशका नेता गरीव छैन कंगाल छैन ,यिनिहरुकाे कारण देश तथा जनता कंगाल र गरीव भएकाे छन।

 

उता कालाे पत्र गरेकाे सडक झिर्ण अवस्थामा रहेकाेले यस क्षेत्र न ४ सांसद पुर्व स्वास्थ्य राज्य मंत्रि सुरेन्द्र यादव तथा प्रदेश सभा सांसद काैशल यादव लगायत यस्तै क्षेत्र न१ बाट पटक पटक मंत्रि बन्नु भएकाे गिरिराज मणि पाेखरेल, समानुपातिक सांसद दिल कुमारी तथा प्रदेश सभा सदस्य तथा गृह संचार मंत्री भरत प्रसाद साह रहेका छन अाधा दर्जन जति नेताहरुकाे यहि सडक सँग गाँसिएकाे छ तर कसैकाे ध्यान अाज सम्म नगएकाेमा स्थानिहरु चिन्तित बनेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय