मधेस प्रदेश सरकारमा सहभागी हुँदै माओवादी, सुनिता मन्त्री रहबर राज्यमन्त्री।

काठमाडौं। नेकपा माओवादी केन्द्र मधेस प्रदेश सरकारमा सहभागी हुँदै छ । मंगलबार तेस्रोपटक विस्तार हुन लागेको मन्त्रीपरिषद्‌मा माओवादी केन्द्रबाट एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिने सहमति भएको माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रासद साहले बताए ।

प्रदेश सरकारमा उद्योग पर्यटन तथा वनमन्त्रीमा माओवादीकी सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई मंगलबार १ बजे शपथ गराउने सहमति भएको साहले बताए ।

यसअघि माओवादीले सरकारमा दुई मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने अडान राखेका थिए । दुई मन्त्रालय नपाएकै कारण माओवादी केन्द्र सरकारमा सहभागी भएको थिएन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय