राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देशाई नियुक्त।
काठमाडौं, २३ माघ नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देशाई नियुक्त भएका छन् भारतका देशाईलाई नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । युवा तथा खेलकुद मन्त्रालयले एक महिना लामो प्रक्रिया पुरा गरी उनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गर्ने बाटो खोलेको थियो।



