राप्रपा को आधिबेसन पछिको पहिलो बैठक ,राजबिराज नगरपालिकाको मेयरमा “कमाण्डो” निर्बिरोध उमेदवार घोषणा।

१९ कार्तिक २०७८ सप्तरी
रास्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीको जिल्ला अधिबेशन पछिको पहिलो बैठक शुक्रबार सम्पन्न भयको छ ! रा.प्र.पा जिल्ला अध्यक्ष उमेसवर प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको बैठकमा मंसिरमा हुने रास्ट्रिय महाधिवेशन सफलता पुर्वक सम्पन्न गर्न गाउँ देखी जिल्ला सम्मका नेताकर्याकर्ता लाई सकृय रुपमा सहभागी गराउने निर्णय गरेको छ!

त्यस्तै बैठकमा सहभागी राप्रपा का केन्द्रिय सदस्यीय महामाया प्रसाद सिंह “राजपुत” द्वारा आउने स्थानीय निकायको निर्वाचनमा सदरमुकाम राजबिराज बाट उमेश प्रसाद साह “कमाण्डो” लाई उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए, उक्त प्रस्तावमा जिल्ला कार्यसमिति द्वारा सर्वसम्मती निर्णय बाट आउने निर्वाचनमा राप्रपाको राजबिराज नगरपालिकाको मेयर प्रत्यासीको रुपमा उमेश प्रसाद साह”कमाण्डो” लाई उम्मेदवार बनाउने निर्णय गरियो !

बैठकमा राप्रपाका केन्द्रिय सदस्य माहामाया प्रसाद सिंह, सुभाष चन्द्र झा, बलराम चौधरी, मिना राना, राप्रपाका जिल्ला सचिव बलराम शर्मा,क्षेत्रीय न १ का अध्यक्ष नारायण बहादुर मिश्रा, प्रदेश समिति क्षेत्रीय अध्यक्ष बैधनाथ साह, सुरेन्द्र कुमार साह लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय