फाइल फोटो
आर्थिक समस्या समाधानको माग गर्दै एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै।
माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीले देशको आर्थिक समस्या समाधानको माग गर्दै अहिले केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । महासचिव डा. बेदुराम भुषालका अनुसार आज मंगलबार बिहान ९ बजेपछि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको हो ।
अध्यक्ष नेपालको नेतृत्वमा जाने प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउन लागेको उनले बताए । मुलुक चरम आर्थिक संकटमा परेको, बैंकको ब्याजदरमा असमान बृदि भएपछि सर्वसाधरण नेपाली जनतालाई सास्ती भएको भन्दै सो दलले विद्यमान समस्या सामधानसहितको माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको उनले बताए ।
