सर्लाहीमा करेन्ट लागेर एक युवकको मृत्यु
१९ कार्तिक २०७८, राजिव शाह- सर्लाही
सर्लाहीको औरहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नम्बर-८ औरहीका एकवाल सहनी (मुडियाडी)को छोरा करिब २१ वर्षिय अकलेस रहेको स्थानिय किसन साहले जानकारी दिए । । सहनी बिहीवार दिपावलीका दिन पोलमा बल्ब (बति)
जोडने क्रममा ११ हजार वाट को बिधुतिय तारमा छोएर गम्भीर घाइते भएको थिए । घाइते सहनीलाई उपचारको लागि सर्लाही अस्पताल मलंगवा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । घटनाबारे थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय