अबैध लागू औषध गाँजा सहित ३ जना पक्राउ “
————————————————
१८ कार्तिक २०७८, मुकेश कुशवहा-बारा

राती अं.२०:०० बजे इलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित टेढा रोडमा शंकास्पद अवस्थामा निम्न स्थान बस्ने निम्न मानिसहरु उभिरहेको देखी निजहरूले साथमा बोकेको झोला चेकजाँच गर्दा झोलामा लुकाई छिपाई राखेको अवस्थामा ४ पोकामा गरी १२ के.जी. अवैध लागू औषध गाँजा फेला परेको हुँदा निजहरूहरुलाई पक्राउ गरी लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको।
पक्राउ मानिस
१.जिल्ला मकवानपुर राक्सिराङ्ग गा.पा.२ बस्ने बर्ष २३ को सुमन रुम्बा।
२. ऐ.ऐ. बस्ने अं. बर्ष २० को बिजय थिंग।
३.ऐ.ऐ. बस्ने अं. बर्ष १९ को अखिल मोक्तान।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय