जसपा नेपालले आज संसदीय दलको नेता चयन गर्दै।

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदैछ। साढे २ बजेपछि एक घण्टा मतदानको समय तोकिएको प्रचार विभागले जनाएको छ । मतदान सकिए लगत्तै गणना सुरु गर्ने र अन्तिम परिणाम पनि तुरुन्तै गरिनेछ। संसदीय दलको नेतामा जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदहरु राजकिशोर यादव र नवलकिशोर साह प्रतिस्पर्धामा छन् । तीन प्रतिस्पर्धीबीच सहमति जुट्न नसकेपछि मतदानबाट जसपाले दलको नेता छान्न लागेको हो । जसपामा १२ जना सांसद छन् । राईलाई तीन जना मात्र सांसदको मात्र समर्थन रहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय