माओवादी संसदीय दलको बैठक सुरु।
काठमाडौं : नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक
सिंहदरबारमा सुरु भएको छ । संसदीय दलको बैठकले दलको नेता चुन्नेछ । माओवादी केन्द्र संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनिने निश्चित छ।
संसदीय दलको बैठक अघि पार्टी कार्यालय पेरीसडाँडाँमा बसेको पदाधिकारी बैठकमा सत्ता समिकरण, संसदीय दलको नेता उपनेता चयन र भावी रणनितीबारे छलफल भएको थियो । उपनेतामा भने वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्माको दाबी छ ।
