आज हुने शपथ ग्रहणका लागि सांसद्हरू आउने क्रम जारी।
काठमाडौँ – प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण बिहीबार हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे शपथग्रहण कार्यक्रम निर्धारण गरिएको छ ।
दिउँसो १ बजे हुने शपथका लागि सांसद्हरू आउने क्रम जारी छ । भवन परिसरमा सपथमा आइरहेका सांसद्हरूको चहलपहल देख्न सकिन्छ।
