रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । आज सोमबार बसेको बैठकले लामिछानेलाई सर्वसम्मत दलको नेता चयन गरेको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।
यद्यपि, दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुन भने बाँकी रहेको छ । उक्त पदहरुमा नेता चयन गर्न आजै बैठक बस्ने बताइएको छ । रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकतर्फ १३ गरी १९ सिट जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय