फिफा विश्वकप: क्रोएसिया र मोरोक्को आज तेस्रो स्थानका लागि भिड्दै।
काठमाडौं, २ पुस कतारमा जारी फिफा विश्वकपमा सेमी फाइनलमा पराजित भएका क्रोएसिया र मोरोक्को तेस्रो स्थानका लागि भिड्दैछन् खेल राति ८ : ४५ बजे खालिफा स्टेडिएममा हुने जनाइएको छ ।
सेमिफाइनलमा अर्जेन्टिनासँग क्रोएसिया ३–० ले पराजित भएको हो । सेमिफाइनलमा मोरोक्को फ्रान्ससँग २-० ले पराजित भएको थियो उक्त खेल बराबरी गर्दै दुवै टिमले अंक बाँडेका थिए क्रोएसिया साविकको उपविजेता हो भने मोरोक्को पहिलो पटक सेमिफाइनलसम्म पुगेको राष्ट्र हो। विश्वकपको फाइनल खेल भने आइतबार राति पौने ९ बजे हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय