५ वर्ष वितन लागे पनि गाैशाला नगरपालिकाकाे विकास शून्य तर नगर प्रमुख र वडा अध्यक्षकाे व्यक्त गत विकासमा कुनै कमि छैन।
१५ कार्तिक २०७८, नरेन्द्र महताे- गाैशाला – महाेत्तरी
गाउँकाेे विकास तथा जनताकाे सरल सुविधाकाे लागि संवीधानले संघीय सरकार तथा प्रदेश सरकारलाई नदिएकाे अधिकार स्थानिय सरकारलाई दिएकाे छ तर महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकामा ५ वर्ष वितन लागे पनि वडा न ५ वजार एरियामा पहिलेकाे भन्दा निकै कष्टकर बाटाे घाटाे,नालाकाे असुविधा तथा बजार फाेहरमय बन्दै गएकाे कारण सर्वसधारणहरु नाक मुख छाेपेर वजार आउने जाने गरेका छन ।
याे वडा न .५ बजार एरिया गाैशाला नगरपालिकाकाे धडकन रहेका छन तर धडकन नचले पछि मान्छेकाे मृत्यु हुन्छ त्यस्तै गरी याे वजार चारै तिर बाट मृत्युकाे सैया बाट छटपटटाई रहेका छन तर यहाँ नगर प्रमुख शिव नाथ महताे र वडा अध्यक्ष धमेन्द्र साह विच अाराेप प्रतिअाराेप लगाउँदै ५ वर्ष वितन लगाएका छन। अख्तियारकाे दाेष लगाएर उम्किन खाेजिएकाे हाे ।गाैशाला न.पा. मा नेकपा पार्टीकाे वडा अध्यक्ष जितेका वडा वाहेक कुनै वडामा पूरा सडक बन्न नसकेका भरतपुरका स्थानिहरुले बताए।
गाैशालाकाे विकास नभए पनि नगर प्रमुख र वडा अध्यक्षकाे व्यक्तिगत विकासमा कुनै कमि अाएकाे छैन एक स्थानियले बताए । गाैशालाकाे विकास अख्तियार दुरुयाेग अायाेगले राेक्का गरेकाे कारण हुन नसकेकाे समाजिक संजाल बाट थाहा पाएका राम बाबू साहले वताए । यदि अख्तियारले राेका गरेका छन भने यी जन प्रतिनिधिहरु ५ वर्षमा के गरेका छन किन पहल गरेन उनले प्रति प्रशन गरेका छन ? अब चुनाव अाउने समयमा जनतालाई मूर्ख बनाउन मात्र खाेजेका छन ,यी सवै वहना हुन, काम गर्ने साेच हुनु पर्छ तर साेच नभएकालाई मत दिए पछि अाज पछताईरहेका छाै उनले भने।
एक अर्काे प्रसंगमा ठिक छ प्रमुख महताेकाे भनाई अनुसार विकास गर्नकाे लागि अख्तियारले राेकेका छन भने वजार सफा सुधर तथा अरविन्द दास कनाैजियाकाे घर देखि पुर्व ५ वर्ष देखि नाला झिर्ण अवस्थामा रहेका छन उसलाई सफा र मर्मत गराउन कुन अख्तियारले राेकेका छन उनले प्रति प्रश्नन गरेका छन? यस्तै महाविर टाेला र नयाँ वस्तिहरु रहेका छन । याे सवै वहना र अर्थहिन साेचकाे कारण हाे । सरल भाषामा भने हाे भने नगर प्रमुख कुरा गर्नमा धेरै सिपालु छ तर काम गरेर हाेईन बहना गरेर समय विताए ।
यस वडामा नेपाली काँग्रेस वाट निर्वाचित वडा अध्यक्ष धमेन्द्र साह हाे तर नगरप्रमुख नेकपा पार्टि बाट जितेकाले साैतेला व्यवाहर गरेकाे कारण वडा न. ५ मा विकास नभएकाे यहाँका सयकडाै व्यपारीहरुले जाेडदा रुपमा भनेेका छन ।
बजारमा ठाउँ ठाउँमा शाैचालय नभएकाे कारण सर्वसाधारण देखि महिलाहरुलाई विशेेष सास्ति बेहाेर्नु परेकाे हुन्छ यसमा त अख्तियारले राेका गरेकाे छैन तर किन शाैचालय बनाएन? बजारकाे अाम्दानी कराेडाै कराेड भए पनि विकासकाे गति न्युन छ याे कसले राेका गरेका छन स्थानियहरु अाक्राेस पाेखिदै भने।
लाेकतंत्रमा प्रतिपक्षकाे भुमिका अहम हुन्छ तर गाैशालामा प्रतिपक्ष पनि केही गराउन सकेकाे छैन प्रतिपक्ष भनेकाे जनताकाे अवाज हाे तर त्याे अवाज देखा परेन् । मत सर्वेक्षण गर्ने हाे भने सत्ता पक्ष भन्दा वढि प्रतिपक्षकाे मत हुन्छ तर पनि उहाँहरु जनताकाे लागि केही गराउन सक्नु भएन ।सत्तामा भए पछि मात्र विकास गर्छु साेच गल्त हाे। प्रतिपक्षिहरुकाे प्रतिपक्षकाे भुमिकामा गाैशाला नगरपालिकामा देखा परेन।
एउटा कहावत छ घाँटिमा चाकु चलाउँदा चाकुकाे खालि गल्ति हुँदैन घाँटिकाे पनि गल्ति हुन्छ त्यस्तै सत्ता पक्षलाई गल्ति देखाएर हुँदैन ,प्रतिपक्षकाे पनि गल्ति छ खालि अाराेप लगाएर हुँदैन तसर्थ प्रतिपक्षले समय समयमा सत्ता पक्षलाई सचेत नगराएकाे कारण वजारकाे याे दुरदशा भएकाे वुद्विजिविहरुकाे पनि भनाई छ ।