यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद [सूचीसहित]
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सासंदको अन्तिम नामावली टुंगो लगाएको छ। उक्त पार्टीको आज बसेको बैठकले निर्वाचन आयोगमा बुझाउन समानुपातिक सासंदको नामावली टुंगो लगाएको हो । समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको छ ।
१. डोल प्रसाद अर्याल (खस आर्य पुरूष)
२. डा. ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष)
३. असिम साह (मुस्लिम पुरुष)
४. मनिष झा (मधेसी पुरूष)
५. इन्दिरा राना मगर (आदिवासी महिला)
६. सुमना श्रेष्ठ (आदिवासी महिला)
७. अशोक चौधरी (थारु पुरुष)
८. तपेश्वर यादव (मधेशी पुरुष)
९. डा. चन्दा कार्की (खस आर्य महिला)
१०.निशा डांगी (खस आर्य महिला)
११. सन्तोष परियार (दलित पुरुष)
१२. विनिता कठायत (पिछडिएको वर्ग महिला)
१३. कल्पना रोक्का (दलित महिला)
