चाडपर्वलाई मध्यनजर गर्दै सर्लाहीको सिमानाकामा सुरक्षा चेकजाचमा कडाई पारिएको छ ।
१४ कार्तिक २०७८, सर्लाही राजिव साह
नेपाल भारत सुरक्षाकर्मीले कडाईका साथ सिमाना नाकाबाट किनमेल गर्ने आउने सर्वसाधारण चेकजाँच गरिएको बताइएको छ । दिपावली तिहार छ्ठमा भारतबाट नेपाल धेरै मात्रामा पट्का भित्रिने गरेकोले सिमाबाट आउने सर्वसाधारणलाई कडाई गरिएको सशस्त्र प्रहरीले जनाएको छ । नेपाल भन्दा भारतीय एसएसबीले जथाभावी दु:ख दिने गरेको सर्वसाधारणको गुनासो छ । सजिलो भए पनि भारतबाट नेपाल आउने आम सर्वसाधारणलाई समस्या छ ।
भारतीय सुरक्षाकर्मीले दुख दिने गरेको सर्वसाधारणको गुनासो रहेको छ ।