मेयरको घर अगाडी नै वडाध्यक्षहरुले थुपारे फोहोर

१४ कार्तिक २०७८, जनकपुरधाम
उपमहानगरपालिकाका मेयर लालकिशोर साहको घर अगाडी केही वडाध्यक्षहरुले फोहोर थुपारेका छन् ।
दिपावली, छठ आउन लाग्दा पनि जनकपुरको फोहोर व्यवस्थपानमा ध्यान नदिएको भन्दै केही वडाध्यक्षहरुले मेयरकै घर अगाडी फोहोर थुपारेका छन् ।
दिपावली र छठमा जनकपुरमा हुने रौनकलाई मध्यनजर गर्दै पनि उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्न सकेको छैनन् । विभिन्न मठ मन्दिर, होटल, ढावा, चोक चौराहामा फोहोर फालिएपनि सफाईको बेला फोहोर व्यवस्थापन नगरेको भन्दै मेयर साहको घर अगाडी सोही फोहोर उठाएर थुपारिदिएका छन् ।आईतबार विहानै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सत्रुध्ध्र साह, वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा युवाहरूको टोलीले फोहोर थुपारेका हुन्।

ट्याक्टरमा फोहोर संकलन गरेर वडाध्यक्ष जानकीराम साह आफैंले ट्याक्टर चलाएर नगरप्रमुखको घरसम्म फोहोर पुऱ्याएका थिए ।

डम्पिङ साइटको अभावमा उपमहानगर भित्रको फोहोर दीपावली नजिकिए पनि उठ्न नसकेपछि स्थानीयमा आक्रोश देखिएपछि नगरप्रमुखले फोहोर व्यवस्थापनमा असहयोग गरेकाले त्यो आक्रोश जनप्रतिनिधिमा समेत देखिएको छ ।

फोहोर व्यवस्थापनका लागि नगर प्रमुख साहले चासो नदेखाएको, फोहोर व्यवस्थापनका लागि उपमहानगरले ट्याक्टरसम्म उपलब्ध नगराएकोले विरोध स्वरुप नगरप्रमुखको घर अगाडि नै फोहोर थुपार्नु परेको वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहले बताए ।आफ्नो वडामा आफैं सरसफाइ गरेर फोहोर व्यवस्थापन गर्न लागेको वडा नम्बर ७ का वडाध्यक्ष साहले बताए ।
यसअघि पनि जनकपुरका युवाहरुले फोहोर व्यवस्थापन नगरेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडी नै फोहोर थुपारेर विरोध जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय