जनप्रतिनिधि द्वारा प्राधनध्यापक माथि हातपात

नरेन्द्र महताे – गाैशाला – महाेत्तरी ,कार्तिक १४

महोत्तरी जिल्लाकाे सोनमा गाउँपालिका वडा न.४ मा रहेका श्री जनता आधारभूत विधालय खेश्राहाका प्रधानाध्यापक लक्ष्मण यादव माथी जनप्रतिनिधिले हातपात गरेका छन।।

 

शिक्षा कार्यविधी बमोजिम वडा अध्यक्षले नै विधालय व्यवस्थापन समितिको अध्यक्ष रहने प्रावधान गा. पा. ले वनाईएकाे छ।

तर वडा अध्यक्ष रामवलि यादवकाे कार्य समितिले जवरजस्ति मनोमानी तवरबाट वडा कार्य समिति सदस्यलाई वि.व्यव.समितिकाे अध्यक्ष बनाए पछि विवाद उत्पन्न भयाे र वडा कार्यसमितिले एकतर्फि बनाएको कारण कार्यसमिति का ३ सदस्यले लिखित निवेदन दिएर बनाएको अध्यक्ष माथि बिरोध गरेको कारण प्र. अ यादवले यो समस्या समाधान गर्न शिक्षा संयोजक राज कुमार साहलाई समेत निम्ताएका थिए ।उहाँको रोहवरमा टुङो लगाउने क्रममा आफूलाई विधालय व्यवस्थापन समितिकाे अध्यक्ष वनाई आजै बाट प्र. अ. ले लिखित दिनुु पर्छ भन्ने जवाफमा अध्यक्षका अकांक्षी वडा सदस्य मोतिलाल यादव रहेका थिए तर प्र . अ . यादवले नमाने पछि यादवले त्यही निहु पारी गाली ,गलोज,कालर समेत समातेर कुटपिट गरेकाे प्र अ यादवले बताएका छन ।

उता यस घटना प्रती जिल्लाका विभिन्न शिक्षक संघहरु द्वारा घोर भर्त्सना गर्दै दोषी माथि यथाशीघ्रह कर्वाईकाे माँग गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय