एथ्लेटिक्स १० हजार मिटरमा सन्तोषीलाई स्वर्ण।
पोखरा । नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सतर्फ महिला १० हजार मिटरमा बागमति प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।
पोखरा रंगशालामा शनिबार बिहान भएको दौडमा पुलिसकी राजपुरा पछाइलाई पछि पार्दै स्वर्ण जितेकी हुन्।
सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२. २९ सकेन्डमा पूरा गरिन् । यस्तै, नेपाल पुलिस क्लबकी राजपुराले निर्धारित दुरी ३६ मिनेट २९ सेकेन्डमा पूरा गर्दै रजत तथा एपीएफ क्लबकी पुष्पा ‘भण्डारीले कास्य पदक जितेकी छन् ३६ मिनेट ४.२ सेकेन्ड मा निर्धारित दुरि पूरा गर्दै एपीएफकी पुस्पाले कास्य जितिन् ।
