जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ९४१ बोकाको बली।
जनकपुरधाम मधेसकै प्रसिद्ध शक्तिपीठ जनकपुरधामस्थित राजदेवी मन्दिरमा झण्डै १५ हजार बोकाको बलि चढाइएको छ । महाअष्टमीमा राजदेवीमा बोका बली दिने परम्परा अनुसार सोमवार राति पोने ९ बजेबाट बलि चढाउन सुरु भएको थियो । आज विहानसम्म बलि चढाइएको छ । राजदेवी मन्दिरमा १४ हजार ९४१ बोकाको बलि चढेको महावीर युवा कमिटीका उपाध्यक्ष महेश साहले जानकारी दिए । गतवर्ष १४ हजार २९१ बोकाको बलि चढेको थियो
बलि चढाउन मन्दिर परिसरमा सयौँ स्वयंसेवक परिचालन गरिएको थियो उनीहरू ४ वटा ठेहामा बोकाको बलि चढाए । एक मिनेटमा करिब ३० वटासम्म बलि चढाइएको छ ।
यतिधेरै सङ्ख्यामा बलि चढ्दा मन्दिर परिसर रगतले रङिएको छ अहिले सरसफाइको काम भइरहेको आयोजकले जनाएको छ ।
