सम्मानजनक सिट नपाए जसपा गठबन्धनबाट बाहिरीने।
काठमाडौँ – सत्ता गठबन्धनमा भइरहको सिट बाँडफाँटमा असन्तुष्ट बनेको जनता समाजवादी पार्टी (जसपा) को बैठक बसेकाे छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटमा असन्तुष्ट बनेको जसपाले गठबन्धनमा माग दाबी गरेजति सिट नपाए कस्तो रणनीति बनाउने भन्नेबारे छलफलमा जुटिरहेको छ।
जसपाले मधेसमा आधा सीट अर्थात १६ सहित कम्तीमा २० सिट दाबी गरेकोमा १६ सीटमात्रे पाउने भएको छ। संघ र प्रदेश गरी दुवैतिरका उम्मेदवारको तय गर्न कार्यकारिणी समितिको बैठक बसिरहेको हो। बैठक स्थल गोप्य राखिएको छ।
जसपाको आजकै बैठकले मुख्य उम्मेदवारहरुको टुंगो लगाउने तयारी गरेको छ । सिट बाँडफाँट न्यायोचित नभए गठबन्धनबाट बाहिरनेसम्मको योजना रहेको एक नेताले देश सञ्चारसँग बताए।
