भारतमा सर्लाहीका ३ जना कामदार रोजगारीको क्रममा रहस्यमय मृत्यु
१३ कार्तिक २०७८, राजिव शाह सर्लाही,
भारतमा सर्लाहीका ३ जना कामदार रोजगारीको क्रममा रहस्यमय मृत्यु भएको छ ।
चन्द्रनगर गाउपालिका वडा नं ६ कामद का दुई जना र ईश्वरपुर नगरपालिका भक्तिपुर का एक जना कामदारकाे रहस्यमय मृत्युु भएको हो।
कामको सिलसिलामा उनीहरू स्थानिय ठेक्कदार मार्फत भारत  उतरप्रदेस सेरसागंज कोल्डस्टोरमा कार्यरत सर्लाहीका  ३ जना मजदुरको मृत्यु भएको स्थानीयबासीले जनाएको छ ।
मृत्यु हुनेमा सर्लाही चन्द्रनगर गाउँपालिका कामतका बर्ष २८ का नन्दलाल माझी र सोही ठाउँका बर्ष ३९ का जगदीश माझी रहेका हुन् ।
रुवाबासीले घर परिवार बिचल्लीमा परेको बेला स्थानिय ठेक्कादार भने फरार  छन् । स्थानिय इन्द्रजित राउत सुनिल राउत र इन्दल राउतले काम गराउने भन्दै उनीहरुलाई भारत लगेका थिए ।   उनीहरुलाई लामो समय सम्म ओभर काम गराउनैका लागि मदिरा जन्य पदार्थ दिदै आएको कोल्ड स्टोरमा कार्यरत एक प्रत्यक्षदर्शीले बताएका छन् ।  भक्तिपुरका एक जनाको कोठा मै मृत्यु भए पछि उनको शव भारतमै पोस्टमार्टम गरी नेपाल ल्याएको छ ।
मृतक २ जनाको शव जिल्ला अस्पताल मलंगवामा पोस्टमार्टम गरी अन्तिम संस्कार गरिएको छ ।
इलाका प्रहरी कार्यालय केशरगंजमा ठेक्कादारलाई नियन्त्रणमा कार्वाहीको माग गर्दै पिडित परिवारले उजुरी दर्ता गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय