गठबन्धनले राष्ट्रपतिको अपमान गर्नु महानता ठानेको छ: एमाले अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको अपमान गर्नुलाई सत्ता गठबन्धनले महानता ठानेको बताएका छन्। बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सो कुरा बताएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान मिचेको भन्दै सत्ता गठबन्धनका दलले विरोध गरिरहेको बेला ओलीले भने राष्ट्रपतिको कदमको बचाउ गर्दै सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘यो अहंकारी गठबन्धनले राष्ट्रपतिलाई विधेयकबारे कुनै जानकारी गराउँदैन । संविधानले अनिवार्यरुपमा जानकारी गराउनुपर्छ भन्छ तर यो गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठान्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय