चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको निधन।
काठमाडौं- भारतका चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनका परिवारका सदस्यहरुले उनको निधनको पुष्टि गरेका छन्। राजु पछिल्लो ४२ दिनदेखि नयाँदिल्लीको एम्स अस्पातलमा उपचाररत थिए । हृदयघातपश्चात उनलाई अस्पताल पुऱ्याइएको थियो । अगस्ट १० देखि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो
